Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


रामेछापमा एमालेले ढुङ्गेललाई बनायो उम्मेदवार


195
Shares

रामेछाप ।

आगमी प्रतिनिधि सभाका लागि नेकपा एमालेले माधव प्रसाद ढुङ्गेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकले केन्द्रिय सदस्य एमव् रामेछाप इन्चार्ज ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रही अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भइसकेका ढुङ्गेल रामेछापका बौद्धिक र प्रभावशाली नेताका रूपमा चिनिन्छन्।

ढुङ्गेलसगैँ एमाले बागमती प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री कैलाश प्रसाद ढुङ्गेल, कमलप्रसाद चौलागाईँ, रत्न गौतम, शान्तिप्रसाद पौडेल, परशुराम बस्नेत, केशर बुढाथोकी र गीता कार्कीले उम्मेद्वारी दावी गरेका थिए ।