काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाबाट नरेश भण्डारीले टिकट पाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उमेदवार बन्न नेपाली कम्युनिस्ट पार्टीले भण्डारीलाई टिकट दिएको हो ।
शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले भण्डारीलाई टिकट दिएका हुन् ।
भण्डारी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । उनी ०७४ सालमा प्रदेशसभा चुनाव जितेर कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।





प्रतिक्रिया दिनुहोस्