Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


भीम आचार्य प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने


780
Shares

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू कतैबाट पनि उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

एमाले सचिवालय बैठकअघि नेपाल प्रेससँग कुरा गर्दै उनले आर्थिक कारण र नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदैब चुनाव नलड्ने निर्णय गरेको बताए ।

२०७९ मा सुनसरी–२ बाट निर्वाचित आचार्यलाई पुनः उम्मेदवार बन्न पार्टी नेतृत्वले प्रस्ताव गरे पनि उनले आफ्नो नाम नप्रस्ताव गर्न आग्रह गरेका छन् । आचार्य एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए ।