Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै देउवा पक्ष सर्वोच्च जाने


13
Shares

काठमाडौँ ।

नेपाली कांग्रेस ९देउवा पक्ष० को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको माघ २ गतेको निर्णय अस्वीकार गरेको छ। सानेपामा बसेको बैठकले उक्त निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत रहेको ठहर गरेको हो।

बैठकपछि नेता डा.प्रकाशशरण महतले आयोगको निर्णय दुराशयपूर्ण भएको आरोप लगाउँदै त्यसविरुद्ध भोलि नै सर्वोच्च अदालत जाने जानकारी दिए। उनले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको दाबी गरे।

देउवा पक्षले आयोगले अर्को पक्षको विशेष महाधिवेशनको वैधानिकता नजाँचीकन एकतर्फी निर्णय गरेको आरोप लगाउँदै कानुनीसँगै राजनीतिक प्रतिवाद पनि गर्ने जनाएको छ।