काठमाडाैं । इजरायली लडाकु विमानहरूले पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।
लेबनानी सुरक्षा स्रोतकाअनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा शहरहरूमा १२ वटा मिसाइल प्रहार गरिएको थियो । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार चारवटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका घर, सवारी साधन र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ ।
यसअघि इजरायली सेनाले हिजबुल्लाहका लक्ष्यहरू नजिक रहेका बासिन्दाहरूलाई घर छोड्न चेतावनी दिएको थियो । यद्यपि नोभेम्बर २७ मा युद्धविराम सम्झौता लागू भएको थियो । तर इजरायलले हिजबुल्लाहको खतरा हटाउने भन्दै आक्रमण जारी राखेको छ ।
अर्कोतर्फ जोर्डनका प्रधानमन्त्री जाफर हसनले लेबनानको सुरक्षा र स्थिरताका लागि जोर्डनको अटल समर्थन पुनः पुष्टि गरेका छन् । राष्ट्रपति जोसेफ आउनसँगको भेटमा उनले २१ वटा द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुका साथै प्यालेस्टाइनको द्वि–राज्य समाधान र गाजामा युद्धविरामको आवश्यकताका बारेमा छलफल गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्