Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


निर्वाचनमा आचारसंहिता पालना गराउन कुनै कसर बाँकी नराख्ने आयाेगकाे दावी

निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही गर्ने चेतावनी

533
Shares

काठमाडौं। निर्वाचन आयाेगले निर्वाचन आचारसंहिता पालना गराउन कुनै कसर बाँकी नराख्ने दावी गरेकाे छ।

आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार राजनीतिक दलहरुसँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफलमा बोल्दै यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष रुपमा सम्पन्न गराउनका लागि सबै राजनीतिक दल र पक्षलाई आग्रह समेत गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई समेत ध्यानमा राखेर निर्वाचनमा खर्च गरिदिन पनि विभिन्न राजनीतिक दल, त्यसका उम्मेदवारहरुलाई आग्रह गर्नुभएकाे छ । निर्वाचन आयोगले उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा निर्धारण गरेकाले सोही अनुसार पालना हुने विश्वास गर्नुभयाे।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा पैसा लेनदेन भएको पाइए कडा कारबाही गर्ने चेतावनी समेत दिनुभएकाे छ।