Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


त्रिवि विज्ञान संकायको डिन कार्यालयमा तोडफोड


533
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन्।

कुर्सी, टेबल र गमाला फुटाइएको छ। बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थीले तोडफोड गरेको कार्यालयले जनाएको छ।

घटनापछि प्रहरी वृत्त कीर्तिपुरको टोली पुगे पनि संलग्न व्यक्ति पक्राउ परेका छैनन्। सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा सम्भव नभएको डिन कार्यालयको भनाइ छ।