Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

बैंकको नगद भरेको बोरासहित लुटेरा फरार , खोजी कार्य जारी

1.7k
Shares

काठमाडौं । सिन्धुलीमा नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ ।

घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राति पौने ८ बजेतिर सोही बैंकमा सशस्त्र योजना बद्ध रूपमा लुटपाट भएको हो। लुटेराले बैंकभित्रको नगद भरेका बोरासहित लिएर जंगलतर्फ फरार भएको प्रहरीले बताएको छ ।

लुटपाटपछि राति स्थानीयले बोरामा पैसा फेला पारेका छन्। लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन भएको छ । प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी कार्य जारी रहेको छ।

कति रकम लुटियो भन्ने आधिकारिक विवरण भने अझै सार्वजनिक भएको नभएको प्रहरीले बताएको हो ।