Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आयोगको आग्रह


39
Shares

काठमाडौंं । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।

जिल्ला सुरक्षा समिति बाँकेको सोमबाको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिबाट हालसम्म भएका तयारी र क्रियाकलापबारे उहाँले जानकारी लिनुभएको हो। सोही अवसरमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गर्नुभयो।

अहिलेसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभएको छ। सुरक्षा समितिको बैठकले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णय समेत गरेको हो ।