Logo २८ पुस २०८२, सोमबार | Tue Jan 13 2026


अस्ट्रेलियामा मेटाले ५ लाख बढी अकाउण्ट बन्द गरे


117
Shares

काठमाडौं ।
अस्ट्रेलियाले १५ बर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको केही समयमै पाँच लाख ५० हजार बढी अकाउन्ट मेटाले बन्द गरिदिएको छ ।

मेटाले आफ्नो ब्लग अपडेटमा अस्ट्रेलियाली सरकारलाई उद्योगसँग रचनात्मक रूपमा संलग्न हुन आह्वान गदै पूर्णप्रतिबन्धको सट्टा सुरक्षित, गोपनीयता जोगाउने र उमेरअनुकूल अनलाइन अनुभव प्रदान गर्न सम्पूर्ण उद्योगलाई प्रोत्साहित गर्नेजस्ता उत्तम विकल्पहरू खोजिनुपर्ने पनि बताएको छ ।

साथै नयाँ कानुनको पालना गर्ने क्रममा पहिलो हप्तामा मेटाले थोरै संख्यामा अकाउन्टहरू बन्द गरेको जानकारी दिएको छ । अहिले इन्स्टाग्रामका तीन लाख ३० बढी, फेसबुकका झण्डै २ लाख र थ्रेड्सका करिव ४० हजार अकाउन्ट बन्द गरिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गत डिसेम्बरदेखि अस्ट्रेलियामा बालबालिकामा लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई अकाउन्ट खोल्न वा राख्न दिन रोक लगाएको छ । विश्वभर निकै चासोका साथ हेरिएको यो प्रतिबन्धलाई अभियानकर्ता र सरकारले बालबालिकालाई हानिकारक सामग्री र अल्गोरिदमबाट जोगाउन आवश्यक कदमका रूपमा मानिएको छ ।

मेटालगायतका कम्पनीहरूले युवालाई अनलाइनमा सुरक्षित राख्न थप प्रयास आवश्यक रहेकोमा सहमति जनाएका छन् । यद्यपि, उनीहरूले पूर्णप्रतिबन्धको सट्टा अन्य उपायहरू अपनाउनुपर्ने तर्क गरिरहेका छन् ।