Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि काँग्रेसले सशक्त भुमिका खेल्छः गगन थापा


195
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्र गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाई थियो । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली काँग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफनो भुमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्नेकुरा यहाँ राखेको छु ।’ महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिनुभएकाे छ ।