काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महासधवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बिहीवार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रिय सदस्य नारायणप्रकाश साउदले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको बताउनुभयो ।
उहाँका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धीत पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।उहाँले भन्नुभयो, नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरुले समेत विशेष महाधिवेशन बोलाउने अधिकार पनि छैन ।
त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ ।
विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ ।’ बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो ।





प्रतिक्रिया दिनुहोस्