Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


चन्द्रनिगाहपुरमा नेपाल–भारत सीमा समन्वय बैठक सुरु


208
Shares

काठमाडौं ।

नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिबिधि नियन्त्रण तथा अन्तरिक समस्या सुल्झाउन दुबै देशका सुरक्षा अधिकारी बीच रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरीय सीमा समन्वय बैठक सुरु भएको छ।

बिहीबार दिउँसो सुरु भएको बैठकमा भारतको सितामाढी र नेपालको रौतहट, सर्लाही र महोत्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु सहभागी छन्।

बैठकले सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षालाई संयुत्त प्रयासमा प्रभावकारी बनाउने विषयमा छलफल हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

बैठकमा भारतको सितामाढीका प्रशासन प्रमुख रिचाय पाण्डे, सितामाढी जिल्ला प्रहरी प्रमुख अमित रन्जन, महावाणिज्य दुतावास वीरगन्जका काउन्सिलर मनिषकुमार दास, एसएसबीका २० औं बटालियन कमाण्डेन्ट जिसी पाण्डेलगायतका अधिकारीहरु सहभागी छन् ।

नेपालका तर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र तिनै जिल्लाका प्रहरी प्रमुख (एसपी)हरु सहभागी छन् ।

दुई दशकदेखि दुबै देशका सीमा क्षेत्रका अधिकारीहरुले समन्वय बैठकलाई निरन्तरता दिँदै आएका छन्। बैठकमा दुबै देशमा अपराध गरेर लुक्ने, अवैध ओसारपसार, लागुऔषध कारोबारलगायतका विषयमा छलफल हुने सुरक्षा अधिकारीको भनाई छ ।