Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


टोखाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ


169
Shares

काठमाडौं । टोखाबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-०९ गोंगबु शिवमन्दिर नजिकैको होटल दिप सागरको कोठा नं.५१५ मा खैरो हेरोइन जस्तो लागु पदार्थ बरामद भएको छ।

प्रहरीलाई सूचना पाएपछि गएको टोलीले कोठा छानबिन गर्दा झ्यालको पर्दा राख्ने पाइप भित्र लुकाइएको ७.२१ ग्राम प्लाष्टिकसहितको पदार्थ फेला पारेको हो ।

प्लाष्टिक बाहेक तौल ६.४४ ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद पदार्थ नियन्त्रणमा लिइएको छ र अनुसन्धान जारी छ।

Skip This