Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


एमालेकाे नीति अनुसन्धान प्रमुखकाे जिम्मेवारी विष्णु रिमाललाई


1k
Shares

काठमाडौं । नेकपा (एमाले) ले नेता विष्णु रिमाललाई पार्टीको तीनवटा महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरेका समिति र विभागहरुकाे रिमाललाई जिम्मेवारी दिएको हो ।

महाधिवेशनमा पदाधिकारीमा पराजित भए पनि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने रिमाललाई निर्वाचनको तयारीका लागि पार्टीले ‘की’ रोलमा अघि सारेको हुन् ।

एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठन गरेको ‘निर्वाचन परिचालन कमिटी’ को सचिवको जिम्मेवारी रिमाललाई दिएको छ। यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठन भएको ‘घोषणापत्र मस्यौदा समिति’ मा पनि रिमाललाई सदस्य तोकिएको छ। यसका साथै, एमालेको नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा पनि रिमाललाई नै चयन गरिएको छ।