Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


रास्वपा र थरुहटर थारुवान पक्षबीच बृहत् राजनीतिक समायोजन सहमति


572
Shares

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व तथा थरुहटरथारुवान अभियन्ताबीच बुँदे बृहत् राजनीतिक समायोजन’ सहमति भएको छ।

सहमतिमा जेन–जी आन्दोलनको अपनत्व, १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता र संरचनागत सुधार गर्ने उल्लेख छ।

समायोजनपछि दलको नाम, झण्डा र चुनाव चिह्न घण्टी’ यथावत् रहनेछ। थारु बहुल क्षेत्रलाई संरक्षित विशेष क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाउने, टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार्ने र आरक्षण कार्यान्वयनमा जोड दिने सहमति पनि भएको छ।