Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


नेप्से २८ अंकले बढ्यो, ५ अर्ब एक करोडको कारोबार


65
Shares

काठमाडाैं ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा बन्द भएको हो।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन पाँच अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३३५ वटा धितोपत्रको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भएको हो। सोमबार २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३७ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।

आज ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा बन्दीपुर केबलकार रहेको छ। उक्त कम्पनीको ८९८ रूपैयाँ ७० पैसामा २० करोड ९१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।