काठमाडाैं ।
पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा आदेश जारी भएको छ। सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको हो।
धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् ।
मुस्लिम र हिन्दू समुदाय एक-अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
पूर्वमा बसपार्क, पश्चिमा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी छ ।






प्रतिक्रिया दिनुहोस्