Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


इंग्लिस प्रिमियर लिगमा अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी बराबरीमा रोकियो


143
Shares

काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता जोगाउन नसक्दा चेल्सीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

इत्तिहाद रंगशालामा आइतबार राति भएकाे खेलमा सिटीका लागि तिज्जानी रेइजन्डर्स र चेल्सीका लागि इन्जोे फर्नान्डेजले गोल गरेका हुन् । खेलको ४२औं मिनेटमा रेइजन्डर्सको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, अन्त्य तिर सम्हालिन नसक्दा टोली अंक बाँड्न बाध्य बन्यो । इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै सिटीबाट अंक खोसेका थिए ।

यो नतिजासँगै २० खेलमा ४२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको हाे। चेल्सी समान खेलबाट ३१ अंकका साथ पाँचौं स्थानमा छ । आइतबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले एभरटनलाई ४–२ र न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेका थिए । त्यसैगरी, लिड्सले म्यानचेस्टर युनाइटेड तथा टोटनहमले सन्डरल्यान्डसँग १–१ तथा फुलहमले लिभरपुलसँग २-२ को बराबरी खेलेका हुन्।