काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अग्रता जोगाउन नसक्दा चेल्सीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
इत्तिहाद रंगशालामा आइतबार राति भएकाे खेलमा सिटीका लागि तिज्जानी रेइजन्डर्स र चेल्सीका लागि इन्जोे फर्नान्डेजले गोल गरेका हुन् । खेलको ४२औं मिनेटमा रेइजन्डर्सको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, अन्त्य तिर सम्हालिन नसक्दा टोली अंक बाँड्न बाध्य बन्यो । इन्जुरी समयमा फर्नान्डेजले गोल गर्दै सिटीबाट अंक खोसेका थिए ।
यो नतिजासँगै २० खेलमा ४२ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको हाे। चेल्सी समान खेलबाट ३१ अंकका साथ पाँचौं स्थानमा छ । आइतबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले एभरटनलाई ४–२ र न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेका थिए । त्यसैगरी, लिड्सले म्यानचेस्टर युनाइटेड तथा टोटनहमले सन्डरल्यान्डसँग १–१ तथा फुलहमले लिभरपुलसँग २-२ को बराबरी खेलेका हुन्।





प्रतिक्रिया दिनुहोस्