Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


एमाले अध्यक्ष ओलीकाे स्थान-हदको बारेमा निर्णय गर्ने आयोगकाे तयारी


793
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हदको विषयमा जाँचबुझ आयोगले बैठक बसेर निर्णय गर्ने भएको छ ।

अध्यक्ष ओलीलाई पत्र बुझाउन पुगेका जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले लिखित जवाफ लिएर फर्किएको स्वीकार गर्नुभएकाे हाे। आयोगको टोलीले आइतबार अध्यक्ष ओलीकाे भक्तपुरस्थित गुण्डु निवासमा पुगेर लिखित रूपमा बयान लिएपछि स्थान हदको विषयमा केही दिनमै निर्णय गर्ने जनाएको छ। आयोगले अध्यक्ष ओलीले दिएको लिखित जवाफको विषयमा अध्ययन गरेर स्थान हदका विषयमा निर्णय हुने जनाएकाे हाे।

यसअघि ओलीले आयोगलाई बयान नै नदिने भनी सार्वजनिक भाषण गर्नुभएकाे थियाे । बयान दिन जान परेमा बरु सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका उहाँले पछिल्लो समय आफ्नो निवासमा आए लिखित जवाफ पठाउने बताउनुभएकाे थियाे ।