Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगिँदै


3.6k
Shares

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै भारतको दिल्ली लैजाने तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराइने भन्नेबारे खुलाइएको छैन।

स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि सुवेदीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। आज केहीबेरअघि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो। प्रधानमन्त्री कार्कीका निजी चिकित्सक मनबहादुर केसीले ॅसेकेन्ड ओपिनियन’ लिनुपर्ने सुझाव दिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको एक चिकित्सकले जानकारी दिए।

चिकित्सकका अनुसार सुवेदीमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुनु, रिंगटा लाग्ने लगायतका समस्या देखिएको थियो। यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराएका थिए। हाल संक्रमणका कारण थप जटिलता देखिएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ।