Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ओली र दाहालबीच भेटवार्ता

आगामी निर्वाचनको वातावरण बनाउने र राष्ट्रियसभा निर्वाचनमा सहकार्यको बारेमा छलफल

1k
Shares

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयाेजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएकाे छ।

दुई शीर्ष नेताबीच जेनजी आन्दोलनपछि सम्भवतः यो पहिलो भेटवार्ता भएकाे हो। ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच छलफल भएको छ । सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् ।

नेकपा संयोजक दाहालको सचिवालयका प्रमुख गोविन्द आचार्यले समसामयिक विषयमा दुई नेताबीच गहन रुपमा छलफल भएको बताउनुभयाे । आगामी निर्वाचनको वातावरण बनाउने,राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको जनाइएकाे छ।

दुई शीर्ष नेताबीच शनिबार नै भेटवार्ता गर्ने तय भएता पनि संयाेजक दाहाल संखुवासभाबाट काठमाडौं फर्कन ढिला भएपछि रोकिएको थियाे।

Skip This