Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेकाे विष्णु पौडेलकाे दाबी


221
Shares

काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा निर्वाचन हुने विषयमा अझै विश्वस्त हुन नसकिएको बताउनुभएको छ ।

आज बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आवश्यक वातावरण अझै नबनेको जिकिर गर्नुभयो ।

उपाध्यक्ष पौडेलले सबै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गर्नुभयो ।