Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


रास्वपाको समानुपातिक सूचीबाट सचिन ढकालले उम्मेदवारी फिर्ता लिए


832
Shares

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका एफसी चितवनका अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।

समानुपातिक बन्दसूचीमा नाम परेपछि चर्को विरोध भएपछि उनले संविधानको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारण देखाउँदै शनिबार उम्मेदवारी फिर्ता लिएका हुन्।

ढकालले युवाको सामूहिक नेतृत्व, सुशासन र समुन्नत नेपालको अभियानप्रति प्रतिबद्धता जनाउँदै आगामी दिनमा राष्ट्र र समाजको हितमा सक्रिय रहने बताएका छन्।