Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


एनभीए भलिबल च्याम्पियनसिपको फाईनल आज


559
Shares

काठमाडौं ।
काठमाडौमा जारी नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाईनल खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता अन्र्तगत हिजो भएको पुरुषतर्फको सेमिफाइनल खेलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले रुकुमलाई ३–२ को सेटमा र हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिकै पुगेको हो ।

यस्तै महिलातर्फको उपाधीका लागि न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ । हिजो भएको सेमिफाइनलका खेलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा र पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । महिलातर्फको फाइनल खेल दिउँसो १ बजे र पुरुषको दिउँसो साढे ३ बजे शुरू हुनेछ ।