एजेन्सी ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सरकार अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ ।
आफ्नो सरकारविरुद्ध अमेरिकाले हप्तौँदेखि चलाइरहेको दबाब अभियान पछि मदुरोले भेनेजुएला अमेरिकासँग लागूपदार्थ तस्करी र तेलका विषयमा वार्ता गर्न खुला रहेको बताउनुभएको हो ।
भेनेजुएलाको सरकारी टिभीसँगको एक अन्तर्वार्तामा मदुरोले अमेरिकाले जहाँ चाहन्छ त्यहीँ र जहिले चाहन्छ त्यति नै बेला वार्ता गर्न तयार रहेको बताउनुभयो । उहाँले अमेरिकाले भेनेजुएलाको बन्दरगाहमा आक्रमण गरेको हो भन्ने प्रश्नको भने उत्तर भने दिनुभएन । सो आक्रमण सीआईएले गरेको बताइएको थियो ।
अमेरिकी सेनाले विगत तीन महिनादेखि क्यारिबियन र पूर्वी प्रशान्त महासागरमा लागूपदार्थ तस्करी गरेको शङ्का लागेका जहाजहरूलाई निशाना बनाउँदै आएको छ ।
ट्रम्प प्रशासनको लागुऔषध विरुद्धको युद्धअन्तर्गत अहिलेसम्म ३० भन्दा बढी जहाजहरूमाथि आक्रमण गरिसकेको छ । सेप्टेम्बर २ मा अमेरिकाले डुङ्गामाथि पहिलो आक्रमण गरे यताका आक्रमणमा ११० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।





प्रतिक्रिया दिनुहोस्