Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस धोती लगाएर यसरी मनायो (तस्बिरसहित)


169
Shares

काठमाडाैं । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ।

काठमाडाैंमा बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले ‘धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेशको पहिचान हो’ जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीले धोतीलाई मधेशी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेशीमाथि हुने दुर्व्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ । पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । साेही कार्यक्रमले नेपालको बहुसाँस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दावी छ ।