Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


चोरीका ८ थान मोबाइलसहित एक युवक पक्राउ


234
Shares

काठमाडौं । चोरीका मोबाइल फोनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका–२६ स्थित फायर चोक नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल काठमाडौं चाबहिल बस्ने २१ वर्षीय जेम्स श्रेष्ठ रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा श्रेष्ठको स्वामित्व नभएका ८ थान मोबाइल फोन फेला परेपछि उनलाई थप अनुसन्धानका लागि वृत्त लैनचौर ल्याइएको प्रहरीले जनाएको छ। उनीबाट प्रहरीले आईफोन – ३ थान, रेड्मी(२ थान, होनर – १ थान, सामसुङ – १ थान, ओप्पो – १ थान बरामद गरेको छ ।

हाल मोबाइलको वास्तविक धनी पहिचान गर्ने तथा घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी गर्ने कार्य जारी रहेको छ प्रहरीले चोरी तथा हराएका मोबाइलसम्बन्धी उजुरी दिएका व्यक्तिहरूलाई वृत्त लैनचौरमा सम्पर्क गर्न आग्रह गरेको छ।