Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सशस्त्रको गोलीबाट चालकको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त


1.5k
Shares

काठमाडाैं । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजारमा सशस्त्र प्रहरीले गोली चलाउँदा ४५ वर्षीय विजय साहको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त बनेको छ।

बिहीबार बिहान तस्करी नियन्त्रणका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् भने सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि हवाईफायर गरेका छन्।

साहको शव उठाउन स्थानीयले अवरोध गर्दै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This