Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


जंगलमा गाेली लागेकाे अवस्थामा युवककाे शव फेला


1.9k
Shares

काठमाडाैं ।

सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत फेला परेका छन् ।

मंगलबार राति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकलाई गोली लागेको छ, पेटमा चोट लागेको र घटनास्थलमा बन्दुक पनि फेला परेको छ। शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। ‘घटना कसरी भयो भन्ने यकिन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।