
web pic
काठमाडौँ।
दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढेपछि नगरभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीका अनुसार, आज ९बुधबार० देखि पुस १८ गतेसम्म पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिइएको हो ।
जिल्लामा सोमबारदेखि बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिदा दिने निर्णय गरिएको हो । उपमहानगरपालिकाले सबै अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्