Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


रेड बुलको ‘यात्रा वर्ल्डकपको’ अभियान सार्वजनिक


0
Shares

काठमाडाैं। रेड बुल नेपालले ‘यात्रा वर्ल्डकपको’ अभियान सार्वजनिक गरेको छ।

कम्पनीले अर्को महिना भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपलाई लक्षित गर्दै ‘यात्रा वर्ल्डकपको’ अभियान थालेको हो । रेड बुलको उत्पादक रारस बेवभरेजले राजधानीमा एक कार्यक्रम गरी एथ्लिट कुशल भुर्तेलको उपस्थितिमा अभियान सार्वजनिक गरेको छ । फ्यानको क्यान अन्तर्गत रेड बुलले क्यानमा रहेको क्युआर कोड स्क्यान गरेपछि आउने प्रश्नको उत्तर दिएर कन्टेस्टमा सहभागी हुने भएका हुन् ।

उत्तर दिनेमध्ये केही विजेतालाई विश्वकपको लागि लगिने कम्पनीले जनाएको छ । यसै अवसरमार कम्पनीले नयाँ अभियानको लोगो सार्वजनिक गरेको थियो । सोही अवसरमा यसअघिको अभियानको विजेता पनि छनोट गरिएको थियो । नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले गोलाप्रथाबाट दुई विजेता छनोट गरेका थिए। भाग्यशाली दुई विजेताहरु विनोद न्यौपाने र आर्यन सापकोटाले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् । रेड बुलले पछिल्लो समय नेपाली खेलकुदमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको जनाएको हाे।

गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा रेड बुल इनर्जी पार्टनर रहेको थियो।