Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


मङ्गोलियामा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुग्यो


325
Shares

काठमाडौं ।
मङ्गोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार सन् २०२५ को अन्त्यसम्ममा देशमा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुगेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतको वृद्धि हो । देशभर गरिएको पशुगणनाको प्रारम्भिक नतिजाअनुसार कुल पशुधनमा भेडा ४१.१ प्रतिशत, बाख्रा ३९.९ प्रतिशत, गाईवस्तु ९.४ प्रतिशत, घोडा ८.८ प्रतिशत र ऊँट ०.९ प्रतिशत रहेका छन् ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्ये उत्तरी प्रान्त खुभ्सगुल ५३ लाख पशुसहित पहिलो स्थानमा छ भने मध्य प्रान्तहरू उभुर्खानगाइ र अर्खानगाइमा क्रमशः ५१ लाख र ४४ लाख पशुहरू छन् ।

पशुपालन मङ्गोलियाको अर्थतन्त्रको मुख्य स्तम्भमध्ये एक हो । यहाँको करिव ४० प्रतिशत घुमन्ते जनसङ्ख्या यसैमा आश्रित छ ।

यद्यपि अत्यधिक जाडो र लामो हिउँदका कारण यहाँका गोठालाहरूले वर्षेनी ठूलो सङ्ख्यामा पशु गुमाउनु परिरहेको छ । सन् २०२४ को अन्त्यमा मङ्गोलियामा ५ करोड ७६ लाख पशुधन रहेका थिए ।