काठमाडाैं । पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको सूची बुझाएका आयोगले जनाएको छ ।
उमेदवारको सूची बुझाउनेमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी माक्सवादी पुष्पलाल छन् । बन्दसूची बुझाउन आयोगले आजसम्मको समय तोकेको छ । प्रमुख दल अझै आयोग पुगेका छैनन् ।





प्रतिक्रिया दिनुहोस्