Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै


416
Shares

काठमाडौं ।

निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्।

गत भदौ २३ र २४ गते भएका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन पत्र पठाएको थियो। आयोगको पत्र प्राप्त भएपछि लेखकले बयान दिन जाने जानकारी गराएका थिए।

उनको सचिवालयका अनुसार लेखक सोमबार दिउँसो ११ बजे आयोगमा उपस्थित भएर बयान दिनेछन्। त्यसैगरी, उनले आजै दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम पनि तय भएको छ।

यसअघि लेखकले आयोगले घटनाबारे जानकारी लिन बोलाएकाले आफू उपस्थित हुने निर्णय गरेको बताएका थिए। आयोगले शुक्रबारका लागि बोलाए पनि उनले सोमबार आयोगमा जाने निर्णय गरेको उनको भनाइ थियो।

Skip This