Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


तराईमा हुस्सु–कुहिरो, पहाडमा हल्का वर्षा र हिमपातको सम्भावना


403
Shares

काठमाडौँ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्नेछ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा हुस्सु र कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने महाशाखाले जनाएको छ।