Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


ज्वागलमा बालेन र कुलमान पुनः निर्णायक वार्तामा


2.6k
Shares

काठमाडाैं ।

ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।

ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा जारी बालेन र कुलमानबीचको वार्ताले उनीहरू एउटै राजनीतिक मञ्चमा उभिने सम्भावनालाई बलियो बनाएको हो ।

स्रोतका अनुसार, देश विकासको एजेन्डामा बालेन र कुलमान एकै ठाउँमा उभिने विषयमा लगभग अन्तिम सहमति जुइसकेको छ । उनीहरूले नयाँ दल देश विकास पार्टी’ मार्फत अघि बढ्ने तयारी थालेका छन् । यद्यपि सघन छलफल जारी छ ।

पछिल्लो समय बालेन, कुलमान र रास्वपा सभापति रवि लामिछानेबीच त्रिपक्षीय एकताको प्रयास भइरहेको थियो । सिके राउत लगायत अन्य दल र स्वतन्त्र हस्तीहरूलाई समेत समेटेर बृहत्तर शक्ति निर्माण गर्नुपर्ने बालेनको धारणा छ । अहिले ज्वागलमा जारी बालेन र कुलमानबीचको छलफलले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।