Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


रौतहटको मदिरा उद्योगमा विष्फोट: एकको मृत्यु, ६ जना घाइते


377
Shares

काठमाडौं ।

रौतहटको कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो। साथै बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएकाे जनाएकाे छ ।

बिहान अचानक ठूलो आवाजसहित डिस्टीलरीको बोइलर विष्फोट भएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेहरूलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

विष्फोटको कारणबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै खटिएको प्रहरीले जानकारी दिएको छ।