Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सञ्चारमन्त्री खरेल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


611
Shares

काठमाडौं ।

सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाराजगञ्जस्थित निवासमा भेटेका हुन्।

त्यसपछि उनले बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निजी निवास गुण्डुमा भेट गर्ने कार्यक्रम रहेको छ। यस्तै, दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण निर्माणका लागि सरोकारवाला पक्षसँग समन्वय र संवाद तीव्र पारिएको सरकारको भनाइ छ। यसैक्रममा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका राजनीतिक दलका कार्यालयको अनुगमनसमेत गरिएको छ।

Skip This