Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै


6.2k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुँदैछ । मेयर बालेन साहका सल्लाहकार कुमार बेनको ललितपुरस्थित निवासमा आज अर्थपूर्ण भेटवार्ता हुने स्रोतले बताएको छ ।

भेटमा मेयर बालेन साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र जेनजी अभियन्ता सुदन गरुङ सहभागी हुने स्रोतले जनाएको छ ।

केही दिनअघि मात्रै बालेन र रविबीच भएको छलफलपछि रास्वपाबाट तत्काल ठोस निर्णय नआए पनि, पछिल्ला दिनमा वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको दबाब बढ्दै गएको छ। रास्वपाबाट तत्काल ठोस निर्णय नआए त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।