Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


दुसित प्रिन्सेस काठमाडौंद्वारा क्रिसमस उत्सव सफलतापूर्वक सम्पन्न


377
Shares

काठमाडाैं। दुसित प्रिन्सेस काठमाडौंले आफ्नो क्रिसमस उत्सव सफलतापूर्वक सम्पन्न गरेको छ।

काठमाडौंले संगीत, स्वादिष्ट परिकार र न्यानो पर्वीय आतिथ्यले भरिएको खुशीमय मौसममा पाहुनाहरूलाई स्वागत गर्दै आफ्नाे क्रिसमस उत्सव सम्पन्न गरेको जनाएकाे हाे। उत्सवको शुरुवात होटलको लबीमा बुधबार साँझ साढे ५ बजेदेखि आयोजित क्रिसमस क्यारोल गायनबाट गरिएको थियो। जसले पाहुना तथा आगन्तुकहरूका लागि न्यानो र उल्लासमय वातावरण सिर्जना गरेकाे हाे। लबीमा मल्ड वाइन र पर्वीय स्न्याक्सको सेवा गरिनुका साथै उपस्थित सबैमा क्रिसमसको खुशीयाली थपिएको थियो।

काठमाडौंका अनुसार, ‘क्रिसमस आपसी मिलन र खुशीको समय हो, र हामीले पाहुनाहरूलाई हामीसँगै यो पर्व मनाउन पाउँदा अत्यन्तै खुशी छौं। हाम्रो क्रिसमस अनुभवप्रति प्राप्त उत्कृष्ट प्रतिक्रियाले हृदयस्पर्शी आतिथ्य, सुसंस्कृत डाइनिङ र आकर्षक उत्सवमार्फत अर्थपूर्ण क्षणहरू सिर्जना गर्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। यस विशेष अवसरको हिस्सा बन्नु भएका सबै पाहुना तथा साझेदारहरूलाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।’

काठमाडौंले उत्सवमा सहभागी भई पर्वीय मौसमलाई सफल बनाउन योगदान पुर्‍याएका सबै पाहुना, साझेदार तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकाे छ।