Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


ट्रम्प–क्लास युद्धपोत निर्माण गर्ने घोषण


546
Shares

काठमाडौं ।

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘ट्रम्प–क्लास’ युद्धपोत निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

यो युद्धपोत अमेरिकी इतिहासमा मात्र नभै विश्वको इतिहासमा सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोत हुने दावी राष्ट्रपति ट्रम्पले गर्नुभएको छ ।

उहाँका अनुसार घोषणा गरिएको नयाँ युद्धपोत अमेरिकाले निर्माण गरेको अहिलेसम्मको कुनैपनि युद्धपोतहरू भन्दा १०० गुणा बढी शक्तिशाली हुनेछ । साथै युद्धपोत अहिलेसम्मकौ ठूलो, छिटो रफतारको हुने उल्लेख गरिएको छ ।

फ्लोरिडामा रहेको आफ्नो मार–ए–लागो रिसोर्टमा बोल्दै राष्ट्रपति ट्रम्पले युद्धपोत ‘गोल्डेन फ्लीट’ सिर्जना गर्न{ ठूलो उपयोगि रहने र यसले अमेरिकी नौसेना शक्ति अझ बलियो बनाउन मद्दत गर्ने बताउनुभएको अन्तराष्टिय संचारमाध्यले जनाएका छन् ।

अमेरिकासंग यसअघि पनि अत्याधुनिक जहाजहरू प्रसस्त रहेपनि कृत्रिम बुद्धिमत्ता र निर्देशित ऊर्जा लेजरहरू सहित नवीनतम प्रविधिले सुसज्जित योे जहाज सबैभन्दा अत्याधुनिक रहने दावी गरिएको छ ।