Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त


338
Shares

काठमाडौं ।

उता राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

आयोगको सोमबार बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ऊनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका अनुसार नियुत्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन् । नियुक्त भएका निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ ।