Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ


793
Shares

काठमाडौं ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरुको गीत गाएर मात्रै देशको उन्नति नहुने बताउनुभएको छ ।
सर्वपक्षिय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताउनु भयो । रातारात सबै कुरा नहुने भन्दै क्रमशः सरकारले काम गरिरहेको बताउनुभयो ।

नेकपा एमाले अध्यक्ष एवं जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै अनुसन्धानका लागि पक्राउ गर्ने पनि कानून हुने बताउनुहुँदै मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नेकुरा नभएको बताउनु भयो । आफूहरु कानूनका ज्ञाता भएकाले कानूनअनुसार अघि बढ्ने बताउनु भयो ।

आफू सरकारमा आइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० वटा मुद्दा दर्ता गरेको र अपराध अनुसन्धान कार्यालयले यसअघि कहिल्यै नगरेको काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सधैँ राजनीति पार्टीको मात्रै गीत गाएर त हुँदैन । उन्नति त देशको हुनुप¥यो नि, विकास त हुनुप¥यो । त्यसैकारण एकै रातारात सबैकुरा पनि हुँदैन । मान्छेलाई पक्रिएर टुँडिखेलमा गोली हान्ने त होइन नि,कानून भनेको । हामी त कानूनका ज्ञाता मान्छेहरु हौँ । त्यसका पनि घडी छन् । आज हामी आइसकेपछि ४० वटा जति मुद्दा अख्तियारले दर्ता गरेको छ । सिआइबीले काम गरेको ग¥यै छ । त्यो काम त कहिल्यै भएको पनि थिएन । यो कुरा पनि मनन गर्नुहोला ।’ प्रधानमन्त्री कार्कीले देशको लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।