Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बंगलादेशमा अर्का विद्यार्थी नेताको गोली हानी हत्या


7.1k
Shares

काठमाडौं ।
बंगलादेशमा अर्का एक विद्यार्थी नेताको गोली हानी हत्या गरिएपछि थप हिंसा भड्किएको छ ।

इक्लाव मञ्चका नेता शरीफ उस्मान हादीको हत्या गरिएको १० दिनपछि नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी) का नेता मोतलेब सिकदरको हत्या भएको हो ।

गत वर्षको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता समूहका सिकदरलाई सोनाडांगा क्षेत्रमा गोली हानिएको थियो । गम्भीर घाइते अवस्थामा खुलना मेडिकल कलेजमा भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको हो । गत वर्षको विद्यार्थी आन्दोलन सफल भएपछि नेसनलिस्ट सिटिजन पार्टी गठन भएको थियो ।

यो पार्टीमा ढाका विश्वविद्यालयका विद्यार्थीहरु ठूलो संख्यामा जोडिएका छन् । सोनाडाँडा क्षेत्रको चुनावी ¥यालीमा सहभागी भईरहेका सिकदरमाथि टाउकोमै ताकेर गोली हानिएको हो ।

सिकदरमाथि गोली हान्ने पनि अज्ञात रहेका छन् भने यो हत्यापछि बंगलादेशमा थप अराजकता भड्किने र चुनाव नहुने खतरा बढ्ने देखिएको छ ।