Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


प्रतिकूल मौसमले तीन विमानस्थल ठप्प, काठमाडौंमा उडान नियमित


1.1k
Shares

काठमाडौँ ।

प्रतिकूल मौसमका कारण देशका तीन आन्तरिक विमानस्थल हाल बन्द रहेका छन् ।

काठमाडौं विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भैरहवा, जनकपुर र सिमराका विमानस्थलमा उडान–अवतरण रोकिएको छ ।

उनका अनुसार धनगढी विमानस्थल भने केही समयअघि पुनः सञ्चालनमा आएको छ । बाँकी अन्य विमानस्थलहरूमा नियमित उडान भइरहेको जानकारी पनि उनले दिए ।

तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएकाले बिहानको समयमा अधिकांश विमानस्थल बन्द हुने र दिउँसोपछि क्रमशः खुल्ने गरेको प्रवक्ता शेर्पाले बताए ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९काठमाडौं० मा भने उडान–अवतरण नियमित रूपमा सञ्चालन भइरहेको छ ।