Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


पर्सा प्रहरीद्वारा चरेशसहित दुई जना पक्राउ


169
Shares

वीरगञ्ज ।
पर्सा प्रहरीले ठुलोमात्रामा लागु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले लागु पदार्थविरुद्ध चलाएको अभियान अन्तर्गत बरामद गरिएको चरेसलाई ठुलो सफलताको रुपमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बरामद गरिएको चरेस सहित दुइजनालाई पक्राउ गरिएको जानकारी गराएको हो । वीरगन्जबाट प्रहरीले शनिबार राती २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

मकवानपुरबाट मालबाह ट्रकमा लागु पदार्थ आइरहेको सुचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा मालवहक ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो ।

चरेससंगै उक्त ट्रकका चालक र लाईपनि नियन्त्रणमा लिइएको उपरिक्षक पाठकले बताउनुभयो । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटम बनाएर लकुाइएको १३६ प्याकेटमा रहेको २ सय ४० केजी चरेस भेटिएको पर्सा प्रहरी जनाएको छ ।

चरेस बरामद भएपछि उक्त ट्रकसंगै त्यसका चालक मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ११ घर भएका २९ वर्षीय सरोज मोक्तान र ट्रकमै सवार थाहा नगरपालिका वडा नम्बर ११ कै २१ वर्षीय नवराज लोलाईपनि नियन्त्रणमा लिएको छ ।

चरेस र ट्रकसहित नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरी जनाएको छ । एक हप्ता अघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको थियो ।