Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मिराज समूहले गर्‍यो आन्दोलन घोषणा


4.1k
Shares

काठमाडौं ।
जेनजी अगुवा मिराज ढुंगानाको समूहले ’संयुक्त जेनजी आन्दोलन’ घोषणा गरेको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी ढुंगानाको समूहले भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको हो । राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाही, सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जनसभा गरी गरी संविधान पुनर्लेखनका माग राख्दै आन्दोलन गर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा ढुंगानाले जेनजीहरूमाथि लगाइएका मुद्दा खारेज तथा धरपकड बन्द गर्नुपर्ने, जेनजी आन्दोलनमा भएको मानवअधिकार उल्लंघन र घातक दमनको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने पनि आन्दोलनको एजेन्डा रहेको बताएका छन् । गैरआवासीय नेपालीप्रतिको राज्यको संकुचित दृष्टिकोणमा परिमार्जन हुनुपर्ने र विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ ।

यस्तै उखु किसान, मिटरब्याजपीडित, सहकारीपीडित, लघुवित्त पीडितलगायतको ठगी, हिंसा र शोषणका घटनाहरुको तत्काल छानबिन गरी दोषीहरुमाथि कारबाही र पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरुले राखेका छन् ।