Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जेनजी विद्राेह: समाचार संकलनका क्रममा घाइते पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने: सञ्चारमन्त्री खरेल

घाइते पत्रकारलाई उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड

182
Shares

काठमाडाैं। जेनजी युवा पुस्ताको विद्राेहमा समाचार संकलनका क्रममा घाइते भएका पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ।

सिंहदरबारमा शुक्रबार घाइते पत्रकारहरुलाई नगदसहित सम्मान गर्न आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो घोषणा गर्नुभएको हो । जेनजी विद्राेहको क्रममा प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर ४ जना पत्रकार घाइते भएका थिए । विद्राेहको क्रममा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाललाई साेही कार्यक्रमकामा सम्मान गरिएको हो । मन्त्री खरेलले घाइते पत्रकारहरुलाई निरन्तर सम्पर्कमा रहन आग्रह समेत गर्नुभयो।

मन्त्री खरेलले घाइते पत्रकारहरुले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।