Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

अध्यक्ष पदका लागि ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा, कसले मार्लान बाजी ?

702
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ ।

मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका थिए।

बुधबार बिहान ९ बजेदेखि शुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको थियो। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

आयोगले सबै पदको नतिजा एकसाथ सार्वजनिक गर्ने तयारी गरेको छ ।